बैतडीमा किशोरी मृत्यु प्रकरण, छानबिन गरी दोषी माथि कारबाही गर्न अनेरास्ववियू कैलालीको माग

बैतडीमा हराएको २४ घण्टापछि किशोरीकाे शव फेला
धनगढीः नेकपा प्रचण्ड-नेपाल समूह निकट अनेरास्ववीयू कैलालीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको हत्या बारे सत्य तथ्य छानबिन गरी दोषी माथि उपर कडा कारबाही गर्न माग गरेको छ ।
भागरथी भट्टमाथि बलात्कारपछि कुरतापूर्वक हत्या गरिएको घटना बारे अनेरास्ववियू कैलालीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनेरास्ववीयू कैलालीका सह-संयोजक समिर जोशी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्री सनातन धर्म मा.वि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथी भट्टको घर नजिकैको लवलेक जङ्गलमा बीभत्स तथा क्षतविक्षत रूपमा शव फेला परेको घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्य तथ्य छानबिन गरी यथाशीघ्र दोषी उपर कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग अनेरास्ववियू कैलाली जोडदार माग गर्दछ ।’
साथै अनेरास्ववियू कैलाली ले मृतक प्रति हार्दिक श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार