दोषीलाई कारबाहीको माग गर्दै धनगढीमा नेविसंघको प्रदर्शन

दोषीलाई कार्वाहीको माग गर्दै धनगढीमा नेविसंघको प्रदर्शन

धनगढीः बैतडीमा मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै नेपाल विद्यार्थी संघले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरेको छ । मृतक भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै संघले धनगढीको पार्क मोडमा प्रदर्शन गरेको हो ।

सरकारको ध्यानाकर्षणका लागि आफूहरूले प्रदर्शन गरेको संघका विद्यार्थी नेता नेत्र प्रसाद उपाध्यायले जानकारी दिए । उनले विगतमा हत्या गरिएकी निर्मला पन्त र सम्झना विकलाई सम्झिँदै फेरी पनि यस्तै घटना घट्नु निकै दुखद रहेको बताए ।

राष्ट्रपति आफैँ महिला भएको मुलुकमा नारी सुरक्षित नभएको उनले बताए । त्यस्तै उपाध्यायले यस्ता घटनामा संलग्न दोषीमाथि कारबाही हुन नसक्नु सरकारकै कमजोरी रहेको समेत दाबी गरेका छन् । उनीहरूले ’भागरथीलाई न्याय दे, घटनाको सत्य तथ्य छानबिन गर’ लगायतका प्ले कार्ड सहित प्रदर्शन गरेका हुन ।

बिहीबार साँझ दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय भागरथी भट्ट सोही ठाउँको लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् । बुधवार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भट्टको बिहीबार साँझ शव फेला परेको थियो।
घटनाको अनुसन्धानका तालिम प्राप्त कुकुर पठाएकोले सूक्ष्म रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार