खुल्यो दार्चुलाको धार्चुला पुलघाट नाका

व्यवशाय धरापमा परेको भन्दै भारतीय व्यापारीद्वारा नेपाली सिमानामा रहेको पुल खोल्न आग्रह

दार्चुला: भारतसँग जोडिएको दार्चुलाको धार्चुला पुलघाट नाका १० महिनापछि नियमित रुपमा सञ्चालनमा आएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै शनिबारदेखि नाका सञ्चालनमा आउने जानकारी दिएको थियो।

सरकारले यसअघि गत शुक्रबारदेखि नै दार्चुला सहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आएको हो। नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार