युवतीको न्यायको लागी धनगढीको सडकमा जब ‘जस्टिस फर भागरति’ को नारा घन्कियो !

दोषीलाई कारबाहीको माग गर्दै धनगढीमा नेविसंघको प्रदर्शन

धनगढीः बुधबार बैतडीमा १७ वर्षियाा किशोरी भागरथी भट्ट मृत अवस्थामा फेला परिन् । घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको थियो । उक्त प्रकरणबारे दुई दिनसम्म पनि कुनै तथ्य बहिर नआएपछि स्थानिय स्तरबाट घटनाको गहन अनुसन्धान र दोषिमाथी कारवाहीका लागि आवजहरु उठ्न थालेका छन् । यसैबीच शुक्रबार धनगढीमा पनि जस्टिस फर भागरथी लगाएतका नारासहित नेपाल विद्यार्थी संघले दोषिमाथी कारवाहीका लागि प्रदर्शन गरेको छ ।

निर्ममपुर्वक हत्या गरिएको भट्टको न्यायका लागि आफुहरुले दवावमूलक आन्दोलन गरेको नेविसंघका जिल्ला कमिटी सदस्य हितेश चन्दले बताउनुभयो । नेपाली जनताको ज्युधनको सुरक्षा कहिले हुन्छ भन्ने प्रश्न गर्दै चन्दले उक्त घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

त्यस्तै आन्दोलनमा उत्रिएका नेविसंघका विद्यार्थी नेता नेत्र उपाध्यायले पनि भट्टको न्यायका लागि माग गर्नुभएको छ । उहाँले विगतमा हत्या गरिएकी निर्मला पन्त र सम्झना विकलाई सम्झिदै फेरी पनि यस्तै घटना घट्नु निकै दुखद रहेको बताउनुभयो । राष्ट्रपति आफै महिला भएको मुलुकमा नारी सुरक्षित नभएको उपाध्यायले बताउनुभयो । त्यस्तै उपाध्यायले यस्ता घटनामा संलग्न दोषिमाथी कारवाही हुन नसक्नु सरकारकै कमजोरी रहेको समेत दावी गर्नुभएको छ ।

बैतडीमा घटेको उक्त घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि छुट्टै प्रहरी टोली परिचालन गरिएको हो । धनगढीबाट तालिम प्राप्त कुकरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि कुकुरसहितको टोली परिचालन गरिएको हो ।

प्रहरी निरन्तर अविरल आफ्नो कर्ममा कटिवद्ध भएर लागिरहको छ । राजनितकिदलहरु लगाएत विभिन्न सरोकार वालाहरु भगरतिको न्यायकोलागि निरन्तर आवाज उठाईरहेका छन् र अझै त्यो क्रम जारी छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार