माटोको ढिस्कोले पुरिएर कैलालीमा ३ हिलाको ज्यान गयो

माटोको ढिस्कोले पुरिए
फाइल तस्बिर

धनगढी: कैलालीको सुदूरपूर्वी जानकी गाउँ पालिका वडा नं. ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क. को घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मधुसुदन न्यौपानेका अनुसार घटनामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल वि.क. र अञ्जु जैगढी रहेका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार