ठुलो दुर्घटनाबाट जोगियो धनगढीबाट बाजुराका लागि हिँडेको मालवाहक ट्रक !

ठुलो दुर्घटनाबाट जोगियो धनगढीबाट बाजुराका लागि हिँडेको मालवाहक ट्रक !
चालकको नियन्त्रण भन्दा बाहिर सडक किनारामा रोकिएको ट्रक
धनगढीः धनगढीबाट सिमेन्ट बोकेर बाजुरातर्फ गइरहेको ट्रक ठुलो दुर्घटनाबाट जोगिएको छ ।
भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको निङ्लाडी स्थित राजमार्गमा ना ७ ख १८८४ नम्बरको ट्रक नियन्त्रण गुमाएर सडकबाट बाहिर गएको हो । बिहीबार राति दुर्घटनाबाट जोगिएको ट्रकलाई मेसिन प्रयोग गरी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।
ट्रकका अगाडिका दुई वटा चक्का रोड भन्दा बाहिर गएर राजमार्ग अवरुद्ध समेत भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार