बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि प्रहरी नियन्त्रणमा लिइएका ६ जना छुटे

बैतडीमा किशोरी मृत्यु प्रकरण

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ६ जनालाई सोधपुछपछि छाडिएको छ।

घटनासँग सम्बन्धीतहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनका अनुसार मृतक भागरथीसँग सम्पर्कमा आएका तथा उनीलाई देखेकाहरुमाथि सोधपुछ गरिदैछ। तर हालसम्म सोधपुछ गरिएकाहरु मध्येबाट घटना सम्बन्धी कुनै ठोस ‘क्लु’ फेला पर्न नसकेको उनले बताए।

प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ। एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको हो। जिल्ला अस्पताल बैतडीले मृतकको शव परीक्षणको काम पनि सुरु गरेको छ। परीक्षणपछि समेत धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ।

बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्। सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भट्ट विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार