फेरी बैतडीमा घट्यो अर्को दुःखद घटनाः गोली प्रहार गरी आफ्नै बुवाले गरे छोरीको हत्या !

गोली प्रहार

बैतडी: बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका-१० धौबिसौनामा एक जनाले आफ्नै छोरीमाथि गोली प्रहार गरेर हत्या गरेका छन्। घरायसी बिवादका क्रममा स्थानीय धनबहादुर महराले आफ्नै अन्दाजी २० बर्षिया छोरी बेलमतीलाई गोली प्रहार गरेका हुन्।

भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युँमै गोली प्रहार गरेर आफू जङ्गलतिर भागेको स्थानीय किशोर धामीले जानकारी दिए। मृतक बेलमतीको एक वर्षीय छोरा समेत रहेको स्थानीयले बताएका छन्।

छोरा काखमै रहेका बेला उनीमाथि भरुवा बन्दुक प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन्। महराले केही समय अघि आफ्नै भैँसीमाथि बन्दुक प्रहार गरेर मारिदिएको स्थानीयले बताउँछन्।

घटनास्थलतर्फ स्थानीय पुर घाट प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी जनक धामीले बताए। श्रीमान् श्रीमतीको झगडा हुँदा छोरी छुट्टाउन जाने क्रममा हत्या गरेको भन्ने जानकारी आएको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार