गोदावरी नगरपालिका का १०-१९ वर्ष उमेरका किशोरीलाई आइरन चक्की खुवाइदै

गोदावरी नगरपालिका

धनगढी: कैलालीको गोदावरी नगरपालिका भित्रका करिव १८ हजार किशोरीहरूलाइ आइरन चक्की खुवाइने भएको छ । गोदावरी नगरपालिका स्वास्थ्य शाखाका अनुसार माघ २५ गतेवाट अभियान सुरु गरि १८ हजार किशोरीहरूलाइ आइरन चक्की खुवाइने भएको हो ।

सबै सरकारी र निजि विद्यालयमा कक्षा ६ देखी का १० देखी १९ वर्ष उमेरका किशोरीलाइ सम्बन्धित विद्यालयले नै आइरन चक्की खुवाउने छन् ।

यस्तै विद्यालय नजाने उक्त उमेर समुहका किशोरीलाइ नजिकको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयं सेविकाहरूले खुवाउने कायक्रम रहेको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विर बहादुर कुवरले जानकारी दिए ।

कार्यक्रम सम्वन्धि अभिमुखीकरण गोष्ठी यही माघ २३ गते नगरपालीका भित्रका सरकारी विद्यालयका प्रध्यानाध्यपक लागी संचालन गरिएको थियो । नगरपालीकाको स्वास्थ्य शाखाले यस कार्यक्रमको संचालन व्यवस्थापन गर्ने छ

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार