बैतडीमा छोरी हत्या गर्ने ‘पापी’ बुवाले गरे घरमा पनि आगजनी !

आफ्नै घरमा आगजनी
गोली प्रहारबाट मृत युवती

बैतडीः बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने ‘पापी’ बुवा अझै नियन्त्रणमा आएका छैनन्।

छोरीको हत्या गरेका महराले आफ्नै घरमा आगजनी समेत गरेका छन्। पुर्चौडी नगरपालिका–१० का वडा अध्यक्ष जीतबहादुर बिष्टका अनुसार महराले शनिबार राति आफ्नो २ वटा घर मध्ये १ वटा घरमा आगजनी गरेका हुन्।

शनिबार साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गर्ने जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महरा अझै नियन्त्रण बाहिर रहेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार