प्रेस संगठन कैलालीद्वारा ५१ सदस्यीय कमिटी गठन, संविधान र कानुनको रक्षामा सधैँ कटिबद्ध हुने निर्णय

प्रेस सङ्गठन कैलालि
प्रेस सङ्गठन कैलालि

धनगढीः प्रेस संगठन कैलालीले ५१ सदस्यीय कमिटी विस्तार गरेको छ । संगठनका कैलाली संयोजक हरिस बिकको अध्यक्षतामा सोमबार बसेको बैठकले ५१ सदस्यीय कमिटी विस्तार गरेको हो । प्रेस संगठन सुदूरपश्चिम प्रदेश सह संयोजक नवराज भण्डारीको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो ।

उनले आधिकारिक प्रेस संगठन आफू नै भएको स्पष्ट पारेका छन् । उनले आज धनगढीमा गरिएको संगठनको भेला नभएर गुटको भेला मात्रै भएको आरोप लगाए । यस्तै प्रेस संगठन कैलालीका संयोजक हरिस विकले नयाँ सदस्यहरूलाई स्वागत गदैँ आफूहरूको संगठन नै आधिकारिक भएको बताए ।

साथै उनले बाटो बिराएर बरालिँदै हिँडेका साथीहरूलाई आफू संयोजक भएको संगठनमा आउन आह्वान गरेका छन् । बैठकमा पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, सदस्य मुकेश चौधरी, प्रेस सङ्गठन सुदूरपश्चिम प्रदेश सदस्य तथा वानका केन्द्रीय सदस्य हरि जोशी, लक्ष्मी जैसी लगायतको सहभागिता रहेको थियो ।

उक्त बैठकले देशको संविधान र कानुनको रक्षाका लागि सधैँ कटिबद्ध हुने निर्णय समेत गरेको छ । बैठकको सञ्चालन संगठनका सचिव मीन ठकुरीले गरेका हुन ।

प्रेस सङ्गठन कैलालि

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार