बैतडीकी १७ वर्षिय किशोरी हत्या प्रकरणः परीक्षणका लागि ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइयो

बैतडीमा किशोरी मृत्यु प्रकरण

बैतडीः बैतडीको दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ। बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धामीले जानकारी दिए।

उनले भने, घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ। डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमुना सङ्कलन गरिएका हुन्। भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्र किटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ।

स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डिएनए छुटेको भए मात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। उनले भने, स्वाब परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ। शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिवार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार