भागरथीको न्यायको लागी धनगढीमा श्रद्धाञ्जली सभाः गुन्जिए, ‘उठौँ सबै अत्ति भो मौन बस्दा क्षति भो’ लगायतका नारा

अनेरास्ववियू कैलाली द्वारा भागरथी भट्ट को चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन

धनगढी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव निकट अनेरास्ववियू कैलालीले बैतडीको १७ वर्षीय भागरथी भट्ट को आत्माको चिर शान्तिका लागि र दोषी लाई कारबाहीको माग गर्दै धनगढी स्थित पार्क मोडमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

दीप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रमलाई अनेरास्ववियू कैलाली जिल्ला सह-संयोजक समीर जोशीले सम्बोधन गर्दै  साथै सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गर्दै नारा वाजी समेत गरे ।

उक्त कार्यक्रममा भागराथी भट्ट लाई न्याय दे, बलात्कारी लाई फासी दे, महिला हिंसा बन्द गर, कानुनी राज्यको पालना गर, उठौँ सभै अत्ति भो मौन बस्दा क्षति भो, नालायक गृहमन्त्री राजीनामा गर, अन्धो भयो सरकार बढ्दै गयो बलात्कार लगायत नाराहरू गुन्जिएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार