SKIP THIS

धनगढी उप-महानगरपालिका

बैतडीमा गोली प्रहार गरी आफ्नै छोरीको हत्या गर्ने ‘पापी’ बुवा पक्राउ

पक्राउ
बैतडीः बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने ‘पापी’ बुवा लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिंह महरालाई पक्राउ गरेको हो।
उनले यही माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी का अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएको बताइएको छ।
गोली प्रहार गरेर हत्या गरेका महरा गोली लोड गरेको बन्दुक लिएर फरार भएका थिए। यसैबिच महराले आफ्नै  २ वटा घर मध्ये १ वटा घरमा आगजनी समेत गरेका थिए।
महराका २ श्रीमती छन्। कान्छी श्रीमती सँग विवाद भएको थियो। आफ्नी आमाको पक्ष लिएपछि मृतक बेलमतीमाथि महराले गोली प्रहार गरेको बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार