मोटरसाइकलको ठक्कर बाट कञ्चनपुरमा पैदल यात्रीको ज्यान गयो

मृत्यु
प्रतिकारात्मक तस्बिर

कञ्चनपुरः सोमबार राति कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको ज्यान गएको छ।

पुनर्वास नपा २ अरनिको वस्तीस्थित कच्ची सडक खण्डमा सोही स्थानका २० वर्षीय सन्जे सुनार चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकले ठक्कर दिदा पैदल यात्रीको मत्यु भएको हो।

मोटरसाइकलको ठक्करले घाइते भएकी सोही स्थानकी ५२ वर्षीया पोदे जोङ तामाङको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।

मृतकको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। भने मोटरसाइकल चालक सुनार नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार