सामाजिक सञ्जालमा विकृति बढेको सरकारको ठहर, नियन्त्रण गर्न निर्देशिका ल्याइँदै

सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, ‘पछिल्लो दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा प्रवृत्ति मौलाउँदै गएको छ। सम्मानित संस्थाप्रति उत्तेजक अभिव्यक्ति आएको र त्यसलाई केही जिम्मेवार सञ्चारमाध्यमले समेत प्रसारण गरेको पाइएको छ।’

प्रतिनिधि सभा विघटनपछिको विरोध प्रर्दशनमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा आएका अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाउँदै आएको छ।

संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको प्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविहीन फेसबुक, अनलाइन, यु ट्युबबाट विकृति भएको बताए।

सञ्चारकर्मी अराजक, अमर्यादित हुन रोकेर जिम्मेवार बनाउन निर्देशिका छिट्टै ल्याउन लागिएको उनले प्रष्ट पारे। लोकतान्त्रिक व्यवस्थामा हिंसा फैलाउने, मुलुकलाई मुठभेडतर्फ धकेल्ने र त्यसलाई प्रसारण गर्ने सञ्चार माध्यमको कार्य खेदजनक भएको उनले बताए।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार