महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार !

महाकाली नदि माथिको झोलुङ्गे पुल

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ ।

महाकाली नदीमा एक्कासी पानीको बहाव बढ्न जाँदा मलामी गएका उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।

प्रहरीका अनुसार भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको सफाइ गर्न महाकाली नदीमा पानी छाडेपछि नदीमा पानीको बहाव एक्कासी बढेको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार