विशालज्योती वचत तथा ऋण सहकारी संस्था सञ्चालनको ११ औँ वर्षमा प्रवेश

विशालज्योती वचत तथा ऋण सहकारी संस्था धनगढीको १० औँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी: श्री विशालज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उप-महानगरपालिकाको वडा नम्बर ३ मा रहेको श्री विशालज्योती बचत तथा ऋण सहकारी संस्था सञ्चालन भएको १० औँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको हो ।

सभाको उद्घाटन प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐरले गरेका हुन । ऐरले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताएका छन् ।

उनले सहकारीको भवन निमार्णका लागि जग्गाको व्यवस्था गर्न प्रयास गर्न उनले बताए । वडा अध्यक्ष ऐरले आफ्नो तर्फबाट सहकारीका लागि सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

विशालज्योती वचत तथा ऋण सहकारी संस्था धनगढीको १० औँ वार्षिक साधारण सभा सम्पन्न

संस्थाका व्यवस्थापक अरुण कुमार सिंहले पहिलो पटक ४ लाखको पूजीँमा सहकारी संस्थापना गरिएको बताए । अहिले सम्म ३० लाख बराबरको शेर पूजीँ संकलन गरिएको उनले जानकारी दिए ।

यो वर्षको असार मसान्त सम्म करिब १ करोड शेर चुक्ता पूजीँ बनाएर संस्थालाई गतिशील बनाउने उद्देश्यका साथ लागिरहेको बताए । संस्था उद्यममुखी बनाउन लागि परेको बताए । यो वर्ष कोरोनाका कारण मुनाफा कमाउन नसकिएको समेत सिंहले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार