फटाहाहरूले कुर्चीका लागि भनिदिन्छन्, तपाईंहरुलाई पनि होकि भन्ने पर्दो हो, चाहिएको छैनः प्रचण्ड

CPN Chairman Pushpa Kamal Dahal

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन्।

आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध आज प्रचण्ड-नेपालले विरोध प्रदर्शन गरेका हुन्।

उनले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी पनि दिएका छन् ।

‘मलाई यहाँ खबर आएको छ, आज हाम्रो सभामा ५ लाख मानिस आएका छन् भन्ने एसएमएस आएको छ’, उनले भने, ‘हामी अब योभन्दा धेरै अर्थात १० लाख मानिससहित सिंहदरबार र बालुवाटार घेर्न आउने छौँ।’

यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, ‘ग्रिन रिभोल्युसन’ हुन्छ’, उनले भने, ‘१० लाख जनता ल्याएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्। केपीको चुनावी नौटंकी हुनेवाला छैन।’

त्यस्तै, प्रचण्ड ले फटाहाहरूले कुर्चीका लागि भनिदिन्छन्, कहिलेकाहित तपाईंहरुलाई पनि हो कि, कुर्चीकै लागि हो कि भन्ने पर्दो हो, चाहिएको छैन कुर्ची यस्तो भ्रममा नपर्नु होला भन्दै आम जनमानसमा आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार