भागरथीको न्यायको माग गर्दै अखिल क्रान्तिकारी कैलालीद्वारा लम्किमा विरोध प्रदर्शन

भागरथीको न्यायको माग गर्दै अखिल क्रान्तिकारी कैलालीद्वारा लम्किमा विरोध प्रदर्शन
कैलाली: अखिल (क्रान्तिकारी) कैलालीले  बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारी  हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
अखिल (क्रान्तिकारी) कैलालीले लम्किमा कालो ब्यानर, पर्चा, पम्पे लेट सहित प्रदर्शन गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य बबरजङ सिंह, लगायत जिल्ला तहका विद्यार्थी नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
विरोध  र्‍याली जनजागृति मा.बि. को गेट बाट सुरु गरेको थियो । र्यालिमा बलात्कारी हत्यारालाई  कारबाही गर, सामाजिक सुरक्षाको ग्यारेन्टी गर, महिला हिंसा बन्द गर, अखिल ( क्रान्तिकारी ) के भन्छ ? बलात्कारी हत्यारालाई कारबाही गर भन्छ, हत्या हिंसा बलात्कार – केपी ओलीको चमत्कार जस्ता नारा लगाइएको थियो र्‍याली पछि उक्त विरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो ।
कोणसभा लाई सम्बोधन गर्दै संगठनका केन्द्रीय सदस्य क. बबरजङ सिंह ले भागरथी भट्ट ले न्याय नपाउजेल सम्म संघर्ष गरिरहने भन्दै सामाजिक न्याय को लडाइँमा सबैलाई होमिन अपिल गर्नुभएको थियो ।
यो सरकार र यो व्यवस्थाले  बलात्कारी  हत्यारा को संरक्षण गरेकै कारण आज निर्मला पन्त ले न्याय नपाएको र समाजमा यस्ता जघन्य अपराध बढिरहेकाले अब युवा विद्यार्थीले यो व्यवस्था नै परिवर्तनको लागि संघर्ष गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार