६ बुँदे माग सहित अनेरास्ववियुले बुझायो ऐश्वर्य बहुमुखी क्याम्पसलाई प्रेस विज्ञप्ति !

६ बुँदे माग सहित अनेरास्ववियुले बुझायो ऐश्वर्य क्याम्पसलाई प्रेस विज्ञप्ति
धनगढीः विभिन्न ६ बुँदे माग राख्दै अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीले ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीलाई प्रेस विज्ञप्ति बुझाएको छ ।
अनेरास्ववियुको ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीले अनेरास्ववियु र क्याम्पस प्रशासन  बिच विभिन्न समयमा गरिएका सम्झौताहरूको फितलो कार्यान्वयन र यस क्याम्पसले विद्यार्थीहरूलाई विगतमा दिँदै आएको यातायात सुविधा नयाँ शैक्षिक सत्रमा आउने विद्यार्थीहरूलाई कटौती गर्ने सञ्चालक समितिको निर्णय फिर्ता लिन लगायतका विभिन्न ६  माग सहित को प्रेस विज्ञप्ति क्याम्पस प्रमुख धर्मदेव भट्टलाई बुझाइएको छ ।
अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीका कार्यवाहक संयोजक कमल न्यौपाने र अनेरास्ववियु क्रान्तिकारी प्रतिनिधि बसन्त महर द्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, क्याम्पसले एक्कासि बस सेवा बन्द गर्दा टाढाका अभिभावक र विद्यार्थीहरूको क्याम्पस प्रतिको विश्वास र भरोसा टुटेर क्याम्पस प्रतिको धारणा सकारात्मक हुँदैन भन्ने संगठनको निष्कर्ष छ ।
त्यस्तै, क्याम्पसले यश क्षेत्रमा बनाएको छुट्टै साख गुम्ने खतराप्रति सञ्चालक समिति जिम्मेवार नदेखिए पनि आफुहरु निकै सचेत रहेको जनाउँदै विद्यार्थी र क्याम्पसको हितलाई ध्यानमा राखि मागहरू बारे सम्बोधन नगरिएमा संगठन संघर्षका चरणबद्ध कार्यक्रममा पनि जान पछि नहट्ने चेतावनी समेत दिएको छ ।
अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटी द्वारा जारी प्रेस विज्ञप्ति
अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटी द्वारा जारी प्रेस विज्ञप्ति

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार