भागरथीको न्यायका लागी अस्थायी राजधानी धनगढीमा दैनिक घन्किँदै ‘वि वान्ट जस्टिस’को नारा

भागरथीको न्यायका लागी आँखामा कालो पट्टी बाधेर धनगढीमा प्रदर्शन

धनगढी: भागरथी भट्ट हत्या घटनाका दोषीलाई चाँडै पक्राउ गरेर कानुनी कारबाहीको माग गर्दै विद्यार्थीले धनगढीमा प्रदर्शन गरेका छन् । बिहीबार बिहान ऐश्वर्या विद्या निकेतनका विद्यार्थीले प्रदर्शन गरेका छन् ।   आँखामा कालो पट्टी बाधेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

‘भागरथीलाई न्याय दे, महिलामाथिको हिंसा बन्द गर, ढिलो नहोस्, चाँडै न्याय पाइयोस् । स्टप रेप, प्रशासन स्वच्छ र निष्पक्ष रहोस्’, नारा लेखिएको ब्यानर सहित विद्यालयबाट सुरु भएको विद्यार्थीको ¥याली मुख्यमन्त्री कार्यालय अगाडी पुगेको  छ।

मुख्यमन्त्री कार्यालयको मूल गेटमा विद्यार्थीले भागरथीलाई न्यायको माग गर्दै नाराबाजी सहित प्रदर्शन गरेका थिए । धनगढी विद्यार्थीहरूले भागरथीको न्यायका लागि प्रदर्शन गरिरहेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको स्थानीय लवलेक सामुदायिक वनमा अवस्थामा शव फेला परेको थियो । भागरथीको बलात्कारपछि हत्या भएको सोमबार पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । घटना भएको आठ दिन पुगे पनि दोषीलाई पक्राउ गर्न सकिएको छैन ।

तर, हालसम्म सफलता प्राप्त गर्न सकेको छैन । घटनाका दोषी पक्राउ नपर्दासम्म मृतकका परिवारले शव नबुझे अडान लिएका छन् । प्रहरी टोली घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान गरिरहेको भए पनि अपराधी पक्राउ पर्न सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार