पक्ष विपक्ष हैन जहिले पनि निष्पक्ष भएर कलम चलाउनुहोस्, सहयोग गर्न सरकार तयार छः मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री त्रिलोचन भट्ट
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पत्रकारलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गोदावरीमा भएको दोस्रो साधारण सभामा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन । उनले प्रदेशको समग्र सञ्चार जगत तथा पत्रकारिता क्षेत्रलाई प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे ।
“समग्र सञ्चार जगत तथा पत्रकारिता क्षेत्रलाई प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सहयोग के हुन ? कसरी गर्न पर्छ ? कुन तरिकाले गर्नु पर्छ ? हामी तयार छौँ,’उनले भने,‘कोरोना सङ्क्रमणको समयमा पनि हामीले पत्रकारलाई सहयोग ग¥र्यौ ।”
उनले कोरोना महामारीको समयमा पत्रकार पनि अग्रपङ्क्तिमा खटिएर काम गरेको भन्दै प्रशंसा समेत गरेका छन् । मुख्यमन्त्री भट्टले पत्रकारलाई जहिले पनि निष्पक्ष भएर कलम चलाउन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार