सुदूरको मुटु धनगढीमा पहिलो पटक हृदय रोग उपचार सेवा, अन्यत्रै धाउनु पर्ने बाध्यताको अन्त्य (भिडियो सहित)

कैलाली अस्पताल धनगढीले गर्‍यो सुदूरपश्चिममै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरु

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालित कैलाली अस्पताल प्रा.लि ले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरेको छ । शनिवार अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका अध्यक्ष जनक राज जोशीले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरिएको जानकारी दिनुभयो ।

उहाँले अब प्रदेशका मुटु रोग सम्बन्धी बिरामीहरूले अन्य ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य भएको बताउँदै पछिल्लो समय सुदूरपश्चिममा अव्यवस्थित खानपानका कारण मुटुरो सम्बन्धी बिरामीहरु बढ्दै गएकोले सो बिरामी सम्बन्धी उपचारको लागी सम्बन्धित डाक्टरको आवश्यकता पर्ने भएकोले मुटु रोग सम्बन्धी उपचार सेवा सुरु गरेको बताउनुभयो । मुटु रोगका बिरामीलाई सस्तो र सुलभ उपचार सेवा अबदेखि कैलाली अस्पतालले प्रदान गर्ने अध्यक्ष जोशीले दाबी गर्नुभएको छ ।

त्यस्तै मुटु रोग विशेषज्ञ डाक्टर राजेश कुमार पञ्जियारले सुदूरपश्चिम प्रदेशका जनताले अब प्रदेशमै सस्तो र सुलभ सेवा पाउने बताउँदै उहाँले मुटु रोग सम्बन्धी सम्पूर्ण सेवाहरू कैलाली अस्पतालबाटै उपलब्ध गराइने जानकारी दिनुभयो । प्रदेशमा मुटु रोग सम्बन्धी डाक्टर नभएका बेला आफू आएर सेवा दिन पाउँदा खुसी लागेको बताउँदै आउँदो दिनहरूमा अझै गुणस्तरीय सेवा दिने प्रयास गर्ने डाक्टर पञ्जियारले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

साथै यो भन्दा पहिले पनि कैलाली अस्पतालले नवजाल शिशु तथा बालरोग, जनरल मेडिसिन, सघन उपचार सेवा, २४ सै घण्टा अप्रेसन सेवा तथा २४ सै घण्टा आकस्मिक उपचार लगायतका सेवाहरू प्रदान गर्दै आईरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार