विप्लव नेकपा कैलालीले मनायो भव्यरुपमा २६ औँ जनयुद्ध दिवस, कार्यक्रममै गरायो जनवादी विवाह 

विप्लव नेकपा कैलालीले मनायो भव्यरुपमा २६ औँ जनयुद्ध दिवस, कार्यक्रममै गरायो जनवादी विवाह 

धनगढीः नेत्र विक्रम चन्द विप्लव नेतृत्व को (नेकपा)ले पनि २६ औँ जनयुद्ध दिवस कैलालीले विभिन्न गाउँ, नगर कमिटीमा भव्य रूपमा मनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रम मा प्रमुख अतिथि नेकपा कैलाली सेक्रेटरी करन रहनु भएको थियो भने कार्यक्रमको सञ्चालक एरिया सेक्रेटरी ले गरेको जनाइएको छ ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी करन ले जनयुद्धकै कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको र जनयुद्धका बाकी कार्यभार एकीकृत जनक्रान्ति मार्फत पुरा गर्न आम जनसमुदाय लाई एकीकृत जनक्रान्तिमा हुमिन अपिल समेत गर्नुभएको छ ।

यसै गरी गोदावरी नगर कमिटीले पनि नगरमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी को तेस्रो भेला सहित २६ औँ जनयुद्ध दिवस मनाएको छ उक्त कार्यक्रममा प्रमुख अतिथि महिला सङ्घ क्रान्तिकारी कि जिल्ला संयोजक सृष्टि र अतिथि नगर इन्चार्ज रुपलाल हुनुहुन्थ्यो भने उक्त भेलाले कल्पना को संयोजकत्वमा १३ सदस्यीय कमिटी निर्माण गरेको छ ।

उक्त कार्यक्रम सञ्चालन सुस्मा ले गर्नु भएको थियो । यसै गरी लम्की चुहा तथा जानकी नगर कमिटी ले पनि जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न गरेको छ । जनयुद्ध दिवसको अवसरमा जनयुद्धका घाइते तथा घाइते अपाङ्ग समाजका पूर्व केन्द्रीय अध्यक्ष प्रबत को प्रमुख आतिथ्य तामा विशिष्ट अतिथि , हृदय , अतिथि विनीता भानु हुनुहुन्थ्यो भने कार्यक्रममा घाइते अपाङ्ग समाजका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि प्रबत लाई सम्मान गर्नुका साथै लोके चलाउने र नबिरा चौधरी बिच जनवादी विवाह समेत गराइएको जनाइएको छ ।

त्यस्तै भजनि नगर कमिटी, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका टिकापुर, जोशिपुर, बर्दगोरिया लगायत सबै ठाउँमा २६ औँ महान् जनयुद्ध दिवस मनाएको विप्लव नेकपा कैलाली ले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार