कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्त, परिवारलाई २ लाख सहयोग

कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्त

बैतडी: आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बैतडीकी भागरथी भट्टका आफन्तलाई भेटेका छन्।

भागरथी हत्याको विषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका लेखकले चडेपानीमै गएर आफन्तसँग भेटघाट गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए। भेटघाटका क्रममा भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने उनले बताएका छन्।

नेपाली कांग्रेसले भागरथी हत्याका विषयमा सत्यतथ्य बुझ्न कांग्रेस केन्द्रिय सदस्य लेखकलाई बैतडी खटाएको थियो।

साथै नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी समेत लिएका छन्।  उनले अनुसन्धानमा ढिलाई नगरी छिटो दोषी पत्ता लगाउन प्रहरीसँग आग्रह गरेको स्वकीय सचिव जनक भट्टले बताए।

यसैबीच नेपाली कांग्रेसले मृतक भागरथीका आमा द्रोपती भट्टलाई २ लाख नगद सहयोग प्रदान गरेको छ। कांग्रेस केन्द्रिय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार