कैलालीमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट मृत्यु
प्रतिकारात्मक तस्बिर

कैलाली: कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जङ्गलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँ भन्दा केही पर उनको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

पछिल्लो केही दिन यता कैलालीमा बाघको आक्रमण बढ्न थालेको छ । ३० माघमा कैलारी गाउँपालिकामा पनि एक व्यक्तिलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार