बझाङमा प्रेस संगठन नेपालको जिल्ला भेला सम्पन्न, २७ सदस्यीय जिल्ला कमिटी गठन 

बझाङमा प्रेस संगठन नेपालको जिल्ला भेला सम्पन्न
धनगढी: प्रेस संगठन नेपालको जिल्ला भेला सम्पन्न भएको छ । आइतबार बझाङ सदरमुकाम चैनपुरको होटल माउन्टेन भ्यु को हलमा जिल्ला भेला सम्पन्न भएको हो ।
जिल्ला सभा प्रेस संगठन बझाङका सह संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा र नेकपाका प्रदेश कमिटी सदस्य दिल बहादुर सिंहको प्रमुख अतिथि सञ्चालन भएको थियो । आज सम्पन्न भएको जिल्ला सभाबाट राजेन्द्र बहादुर सिंह संयोजक, आशिष सिंह सह संयोजक रहने गरी २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
त्यस्तै प्रेस संगठन बझाङले टेकेन्द्र बोहराको संयोजकत्वमा ५ सदस्यीय कार्यालय व्यवस्थापन कमिटी, सम्राट सिंहको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति, उत्तम थापाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन कमिटी गठन गरी ५ जनालाई प्रदेश कमिटी सदस्य पदका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको प्रेस संगठन बझाङका संयोजक राजेन्द्र सिंहले बताए । उनले भने केन्द्रमा पार्टी विभाजन को दिशातिर जाँदा बझाङमा पनि आधिकारिक प्रेस संगठन गठन गरिएको हो ।
जिल्ला भेलामा बोल्दै नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिल बहादुर सिंहले पनि आधिकारिक पार्टी भनेकै प्रचण्ड र नेपाल को नेकपा नै भएको दाबी गर्दै आधिकारिक प्रेस संगठन पनि सोही अनुसारको नै हुने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार