प्रशस्त क्याल्सियम र स्वस्थ अनि मजबुत शरीरका लागी चौरपाटीको अर्ग्यानिक कोदो, अब धनगढीमा

अछाम जिल्लाको चौरपाटी गाउँपालिमा फलेको अर्ग्यानिक कोदो कैलालीका बजारहरूमा

धनगढी: अछाम जिल्लाको चौरपाटी गाउँपालिमा फलेको अर्ग्यानिक कोदो कैलालीका बजारहरूमा पुगेको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य सहित गाउँपालिकाले कोदो कैलाली ल्याएको हो । यहाँ ल्याइएको कोदो अत्तरिया र धनगढी बजारबाट बिक्री गरिने गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए ।

”गाउँपालिकामा फलेका अर्ग्यानिक कोदो कैलाली पुगेको छ’,उनले भने,’धनगढीका कुन–कुन ठाउँबाट बेच्ने भन्ने निर्धारण भएको छैन ।” निश्चित ठाउँ तोकेर धनगढी र अत्तरियाका नागरिकलाई सस्तो र सुलभ तरिकाले अर्ग्यानिक कोदो उपलब्ध गराउने योजना रहेको छ ।’

गाउँपालिकामा फलेको अर्ग्यानिक कोदो किनेर सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष साउँदले आग्रह गरेका छन् । चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न गाउँपालिकाले ‘फलेको कोदो, कुटेको धान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका किसानले फलेर (केलाएर) ल्याएको कोदो बराबर चामल साटेका थिए ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्त्व पाइने हुँदा कोदो स्वास्थ्यका लागि पनि बहु उपयोगी मानिँदै आएको छ । कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका बिरामीहरूको लागि पनि उपयुक्त बालीको रूपमा कोदो लाई चिनिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार