कैलालीमा आतंक मच्चाइरहेको पाटे बाघलाई सकेसम्म नियन्त्रणमा लिन र नसके मार्न प्रशासनको आदेश

बाघको आक्रमणबाट मृत्यु
प्रतिकारात्मक तस्बिर

कैलाली: केही दिनयता कैलालीमा आतंक मच्चाइरहेको पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनले आदेश दिएको छ । जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिनयता आफूहरू सो बाघको गतिविधिलाई गम्भीर रूपमा लिएको र व्यवस्थापन गर्न मातहतका निकायलाई परिपत्र गरेको बताए। उनले भने, “नरभक्षी पाटे बाघलाई सकेसम्म  ‘डार्ट’ गरेर (बेहोस बनाएर) नियन्त्रणमा लिइने हो। नभए मार्नसम्मको कानुनी प्रावधान छ।”

त्यस्तै, सो नरभक्षी बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले माथिल्लो निकायसँग पहल भइरहेको बताएको छ यसैबिच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले पाटे बाघ प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेको जानकारी दिए।

उनले भने,“बाघको प्रभावित क्षेत्र जिल्लाको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा सुरक्षा बढाएका छौ। सकेसम्म नियन्त्रण गर्ने हो, नभए मार्ने आदेश आएको छ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार