पहिलोपटक पुग्यो डोटीको केआईसिंह गाउँपालिकामा बस

पहिलोपटक पुग्यो डोटीको केआईसिंह गाउँपालिकामा बस

डोटी: डोटीको केआई सिंह गाउँपालिकामा पहिलो पटक बस पुगेको छ। शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले बस सञ्चालनमा ल्याएको हो।

आइतबार गाउँपालिकाको कार्यालय वायलमा बस पु¥याएर एक कार्यक्रमकाबीच सेवा सञ्चालनमा ल्याइएको हो। दिपायलबाट २२ किलोमिटरको दुरीमा रहेको गाउँपालिकाको केन्द्रसम्म अब नियमित बस सञ्चालन हुने बताइएको छ।

आफुहरुले जारी गरेको चुनावी घोषणा पत्र अनुसार काम गरिरहेको केआइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए। ‘गाउँपालिकालाई सडक संजालसँग जोड्ने र नियमित बस सञ्चालन गर्ने कुरा घोषणा पत्रमा उल्लेख अनुरुप बस सेवा सञ्चालनमा ल्याएको हो’ उनले भने।

गाउँपालिकाको वडा नम्बर ४ वायलबाट हरेक दिन बिहान ८ः३० बजे धनगढी सम्मका लागि बस छुट्ने शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार