भूमिसम्बन्धी आयोग डोटीका पदाधिकारीद्वारा पदभार ग्रहण

भूमिसम्बन्धी आयोग डोटीका पदाधिकारीद्वारा पदभार ग्रहण
प्रकाशित : :

डोटी: भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् ।

आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार गर्नु ग्रहण भएको हो । अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताए ।

उनले भने, “भुमि सम्बन्धि लामो समयदेखिको समस्या समाधानमा हामी केन्द्रित हुने छौँ, सबैको साथ र सहयोग आवश्यक हुने छ ।”

यसैगरी उक्त आयोगका बिज्ञ तथा पत्रकार पालीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आफुहरु सोही अनुसारको काममा बढी खटिने जानकारी दिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट