आक्रामक बन्दै नेकपा, बैतडीमा काँग्रेसको आमसभामा दोहोरो झडप

बैतडीमा कांग्रेसको आमसभामा दोहोरो झडप

बैतडी: नेपाली कांग्रेसले गरेको आमसभामा दोहोरो झडप भएको छ।

जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो। कांग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर विष्टले बताए।

सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको हो,उनले भने। झडपमा ६ जना घाइते भएका छन्। घटनास्थल तनावग्रस्त बनेको छ। अहिले पनि झडप जारी रहेको विष्टले बताए।

घटनास्थलतर्फ प्रहरी टोली गइसकेको बताएको छ। प्रहरी घटनास्थलसम्म पुग्न केही समय लाग्ने बताएको छ। पनसेराको विरोध सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार