भागरथीका हत्यारालाई सार्वजनिक गर्ने तयारीमा छौंः डिआइजी सुवेदी

'अपराधी पत्ता लागिसकेको छ'

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदी

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीहरुलाई एक/दुई दिनमै सार्वजनिक गर्ने बताएका छन् ।

डिआईजी सुवेदीले आफूहरु अपराधीको निकट पुगिसकेकोले एक/दुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘यो घट्नामा संलग्न अपराधीलाई सार्वनिक गर्ने तयारीमा छौं । अपराधी पत्ता लागिसकेको छ।’

उक्त घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी आँफै खटिएका छन् । उनी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बस्दै आएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार