बैतडीमा १७ वर्षीय युवती हत्याका अभियुक्तको बयानः फुपूको बदला लिन भागरथीको हत्या गरे !

बैतडीमा १७ वर्षीय युवती हत्याका अभियुक्तको बयानः फुपूको बदला लिन भागरथीको हत्या गरे !

बैतडीमा हराएको २४ घण्टापछि किशोरीकाे शव फेला

धनगढीः १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘घरायसी भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’ बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो–,“भागरथीका बुबाले मेरी फुपीमाथि नराम्रो गरेका थिए । त्यसैको बदला लिन सडकबाट धकेलेर पछि घाँटी थिचेर मारेको हुँ ।

प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्।

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ। गत माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो।

घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार