भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्धारा ३ वर्षे प्रगति विवरण सार्वजनिक (पूर्ण पाठ)

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेश, कैलाली

धनगढीः सुदूरपश्चिमको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आफ्नो तिन बर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालय स्थापना देखि हाल सम्म गरेका प्रगति विवरण सार्वजनिक गरिएको हो ।

मन्त्रालयका सचिव डा. किसन लाल भट्टले मन्त्रालय स्थापना भएदेखि अहिले सम्म निकै नै महत्त्वपूर्ण कामहरू गरिएको जानकारी दिए । उनले प्रदेशलाई कृर्षिमा आत्मनिर्भर बनाउनको लागि मन्त्रालयले विभिन्न कार्यक्रमहरू ल्याएर कार्यान्वयन गर्दै लगिएको बताए ।

किसानहरूलाई अनुदान स्वरूप विउविजन, कृर्षि औजारहरू लगायतका सामग्री पनि मन्त्रालयले वितरण गर्दै आएको जनाएको छ । मन्त्रालयका अनुसार मासुजन्य पदार्थमा पनि यो अवधिमा उल्लेख्य सुधार आएको छ । यस्तै व्यवस्थापन तथा नीतिगत तर्फ १८ वटा कार्यविधि निर्माण, ३ वटा कार्य विधि संशोधन, २ वटा ऐन निमार्ण, ३ वटा प्रक्रियामा रहेका ऐन, ३ वटा नीति निमार्ण, १ वटा नियमावली र ३ वटा गुरुयोजनालाई उपलब्धि मानेको छ ।

यसै गरी ९ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाट सेवा प्रदान गर्न ४ वटा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र ३ वटा कृषि ज्ञान केन्द्र थप स्थापना गरिएको छ । मन्त्रालयले गरेका मुख्य-मुख्य क्रियाकलापहरू तथा प्राप्त उपलब्धिहरू यस प्रकार छन् ।

कृषि मन्त्रालयको विगत ३ वर्ष यताको प्रगति विवरण

कृषि मन्त्रालयको विगत ३ वर्ष यताको प्रगति विवरण

कृषि मन्त्रालयको विगत ३ वर्ष यताको प्रगति विवरण

कृषि मन्त्रालयको विगत ३ वर्ष यताको प्रगति विवरण

कृषि मन्त्रालयको विगत ३ वर्ष यताको प्रगति विवरण

कृषि मन्त्रालयको विगत ३ वर्ष यताको प्रगति विवरण

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार