अन्तत: प्रहरीले सार्वजनिक गर्‍यो भागरथी हत्याका अभियुक्त ‘कुकर्मी’ दिनेश लाई

अन्तः प्रहरीले सार्वजनिक गर्‍यो भागरथी हत्याका अभियुक्त 'कुकर्मी' दिनेश लाई

बैतडी: बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार गरेपछि हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

प्रहरीले आज हत्यामा संलग्न भएको आशंकमा दिनेश भट्टलाई सार्वजनिक गरेको हो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् ।

भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो । बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको थियो ।

हत्या गरेको कुरा पक्राउ परेका अभियुक्त दिनेश भट्ट ले स्वीकार गरेको घटनाको अनुसन्धान गरिरहेका सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले बताए ।

‘हत्या गरेको अभियुक्तले स्वीकार गरे पनि बलात्कार गरेको कुरा साबिती बयानमा उसले स्वीकार गरेको छैन,’ डीआईजी सुवेदीले भने, ‘त्यो कुराको पनि अनुसन्धान जारी छ, प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको नमुनाको रिपोर्ट आएपछि खुल्ने छ ।’

भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा ११ कक्षामा अध्ययनरत रहेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार