बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

धनगढी: धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको एउटा विधा बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शन र लोकप्रियताको आधारमा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ ।

पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पर्नेहरुमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी छन ।
दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, लाईफटाईम अचिभमेन्ट अवार्ड विधा प्रायोजक सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र स्पेशल अवार्ड विधा प्रायोजक न्यु सिटी पोलि क्लिनिकका सञ्चालक भरत कुँवरले मनोनयन सार्वजनिक गरे ।

सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले यो विधालाई प्रायोजन गरे साथ दिएका छन् । त्यही भएर यो बिधाको नाम बिवाईसी पिपुल च्वाईस अवार्ड रहेको छ ।  विजेताको घोषणा सर्वसाधारणले एसएमएस र फेसबुक मार्फत तथा खेलकुद पत्रकार र र प्रशिक्षकको मतको आधारमा हुनेछ ।

फेसबुकमा भोटका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाईक गर्न सकिने मञ्चका महासचिव तथा अवार्डका संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम स्पोर्टस अवार्डको फेशबुकमा गएर आफूलाई मनपर्ने खेलाडीको प्रोफाईलमा लाईक गर्ने सकिने व्यवस्था गरिएको छ ।

तीनै जना खेलाडीहरुको तीन वटा फोटो एकै पटक हालिएको प्रोफाईल र अलग अलग हालिएको प्रोफाईलमा गएर लाईक गर्न सकिने पाठकले बताए । दुबै फोटोहरुमा गरिएको लाईक गणना हुनेछ ।  मोबाईल भोटिङका लागि मनोनयनमा परेका खेलाडीको कोड बनाईएको महासचिव पाठकले बताए । मोबाईल एसएमएसका लागि गौरीका सिंहलाई १, अन्जली चन्दलाई २ र सरस्वती चौधरी ३ नम्बर कोड दिईएको छ ।

मोबाईलको म्यासेज बक्समा गएर एसएसए लेखेर एक स्पेसपछि मन परेको खेलाडीको कोड १, २ वा ३ लेखेर ३८६८७ मा एसएमएस गर्न सकिनेछ । भोटिङ लाईन आजैबाट सुरु भई चैत ४ गते राति  १२ः०० बजेसम्म खुला रहनेछ । एसएमएस भोटिङको मतभार ५० प्रतिशत रहनेछ । फेसबुक पेजको २५ प्रतिशत र पत्रकार,  प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लबर बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ । त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ ।

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार