उत्कृष्ट काम गरेको भन्दै महासंघको २६ औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेश समिति सम्मानित

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेश समिती सम्मानित
तस्बिरः सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष अर्जुन शाह को फेसबुक वाल बाट

धनगढी: नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेश समिति सम्मानित भएको छ । काठमाण्डौँमा सुरु भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको अवसरमा सुदूरपश्चिम प्रदेश समितिलाई सम्मान गरेको हो । प्रदेश समितीले उत्कृष्ट काम गरेको भन्दै महासंघले सम्मान प्रदान गरेको हो ।

उक्त सम्मान पत्र उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेश समिती अध्यक्ष अर्जुन शाहलाई प्रदान गरेका हुन ।  सम्मान पत्र बुझ्दै अध्यक्ष शाहले यो सम्मानले हामी गौरवान्वित भएको प्रतिक्रिया दिएका छन । अधिवेशनको काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन ।

महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुनेछ । बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार