बाघ बसेको स्थान पत्ता लगाउन बसन्ता कोरिडोरसहितका क्षेत्रमा १७ वटा क्यामेरा जडान

क्यामेरा जडान

धनगढी: कैलालीमा नरभक्षी बाघ बसेको स्थान पत्ता लगाउन बसन्ता करिडोरसहितका क्षेत्रमा १७ वटा क्यामेरा जडान गरिएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट कैलाली पुगेको प्राविधिक टोलीले बाघ प्रभावित क्षेत्रमा पर्ने वन क्षेत्रमा थप ८ सहित १७ ठाउँमा क्यामेरा जडान गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए।

उनकाअनुसार बसन्ता करिडोर, गौरीगंगा नगरपालिकाको पुष्पाञ्जली सामुदायिक वन, शिवशंकर सामुदायिक वन लगायतका वन क्षेत्रमा क्यामेरा जडान गरिएको हो।  नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिन मंगलबार मात्र बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ जनाको प्राविधिक टोली कैलाली पुगेको थियो। स्थानीयकाअनुसार मंगलबार बाघ गौरीगंगा नगरपालिकास्थित शिवशंकर सामुदायिक वन क्षेत्रमा बाघ देखा परेको थियो। तर त्यसपछि बाघ देखिएको छैन।

सोमबार मात्रै गौरीगंगा नगरपालिका ५ अन्डैयाकी २५ वर्षीया कला धामीमाथि आक्रमण गरि बाघले ज्यान लिएको थियो। गत शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो।

बाघले आतंक मच्चाउन थालेको भन्दै नियन्त्रणमा लिएर व्यवस्थापन गर्न गौरीगंगा नगरपालिकाले आग्रह गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार