दार्चुलामा भीरबाट लात्ताले हानेर महिला हत्याका आरोपी प्रहरीको नियन्त्रणमा

पक्राउ

दार्चुला: खर काट्न गएका अमरा खत्रीलाई भीरमा लात्ताले हानेर हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महिला हत्या गर्ने आरोपीलाई दार्चुलाको नौगाड गाउँपालिका गडिगाडबाट प्रहरीले प्रकाउ गरेको छ। मंगलबार बेलुकी नौगाड गाउँपालिका ६ का २५ वर्षीया अमरा खत्रीको हत्यामा संग्लन रहेका २८ वर्षीय अगबरसिह बोहरालाई गाउँपालिकाको वाड नम्बर ६ गडिगाडबाट आज विहान ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए। खर काट्न गएका खत्रीलाई भीरमा लात्ताले हानेर हत्या गरे लगत्तै बोहरा फरार थिए।

नौगाड गाउँपालिका प्रहरी चौकी होपरीगाड तथा इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले हत्या आरोपी बोहरालाई गडिगाडबाट प्रकाउ गरिएको प्रहरी निरीक्षक एव सुचना अधिकारी चन्दले जानकारी दिए। प्रकाउ परेका बोहरालाई अहिले जिल्ला ल्याउने तयारी भएको बताइएको छ। मृतक महिलाको शवको पोष्टमार्टम हुन सकेको छैन्। मृतक महिलाका दुई छोरा छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार