पाँचौँ वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

दारी ग्याङ धनगढीको पाँचौँ बार्षिकोत्सवमा शैक्षिक सामाग्री वितरण

धनगढी: दारी ग्याङ धनगढीको आयोजना तथा दारी ग्याङ कोरिया को सहयोगमा दारी ग्याङको पाचौं वार्षिकोत्सव को अवसरमा दक्षिणकाली बहिरा आधारभूत विद्यालयमा रहेका ७५ जना बहिरा बिद्यार्थीहरु का लागि आवश्यक पर्ने शैक्षिक सामाग्री सहयोग गरेको छ।

दारी ग्याङ ले धनगढी उप-महानगरपालिका वडा नम्बर ११ बेलामा रहेको दक्षिणकाली आधारभूत विद्यालयका ७५ जना विद्यार्थीहरूलाई कापी, कलम, लगायत शैक्षिक सामाग्रीहरू वितरण गरेको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले जानकारी दिए ।

दक्षिणकाली आधारभूत विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले शैक्षिक सामाग्रीको अभाव भएका बेला दारी ग्याङले निकै सहयोग गरेकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको भौतिक संरचनाको पनि आवश्यक रहेको हुँदा आवश्यक सहयोग गर्न आग्रह गरे । विद्यालयमा बोल्न नसक्ने, श्रवण शक्ति नभएका विद्याथीहरु पढी रहेका छन् । शैक्षिक वितरण कार्यक्रमको सञ्चालन दारी ग्याङका मौसम भट्टले गरेका थिए ।

यस्तै देशका दारी ग्याङले नेपालका विभिन्न जिल्लामा रहेका दारी ग्याङहरूले आफ्ना विभिन्न सामाजिक सेवाका कार्यक्रम गरी मनाएका छन् । “गालामा दारी, काँधमा जिम्मेवारी” नारा सहित २०७३ मा स्थापना भएको दारी ग्याङ एक फेसबुक समूह हो । दारी पाल्ने मान्छेलाई हेर्ने गरेको गलत दृष्टिकोणलाई हटाउनका लागी यो ग्याङको स्थापना भएको हो । दारी ग्याङ ले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार