प्रहरीको ठुलो सफलताः अभियुक्तद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार,आजै दाहसंस्कार गरिँदै

भागरथीका परीवारद्धारा न्याय पाएको अनुभूति

प्रहरीको ठुलो सफलताः अभियुक्तद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार, १७औँ दिन दाहसंस्कार गरिदै

बैतडी: बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज (शुक्रबार) दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो।

यसअघि भागरथीको घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो। प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो। त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन।

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। बलात्कार र हत्या आफैले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो।

मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने बताउँदै उनले अभियुक्त आफ्नै परिवारको सदस्य भए पनि प्रहरीले कानुनको कठघरामा उभ्याएपछि न्याय पाएको अनुभूति भएको बताएका छन् ।

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने भागरथीका काका शिवराज भट्टले बताए। गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो।

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो।

उक्त घटनामा प्रहरीले विभिन्न वाधा अड्चनहरूको सामना गर्दै दोषीलाई कानुनको कठघरामा उभ्याउन सफल भएपछि अहिले प्रहरी प्रशासन र अनुसन्धानमा अहोरात्र खटिने सबै निकायका अधिकारीहरूको प्रशंसा भइरहेको छ । प्रहरीले पनि  समग्र  पहरी सङ्गठनको ठुलो सफलता, उपलब्धिका रूपमा लिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार