८३ औँ जन्मदिनको अवसरमा जोशी द्वारा मानवसेवा आश्रमलाई सहयोग

जन्मदिनको अवसरमा जोशी द्धारा माजवसेवा आश्रमलाई सहयोग

धनगढीः आफ्नो ८३ औँ जन्मदिनको अवसरमा खेमादेवी जोशी ले मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ ।

धनगढी उप-महानगरपालिका ११ निवासी  परोपकारी मानवता प्रेमी आश्रमका शुभेच्छुक खेमादेवी जोशी ले फागुन ६ गते बिहीबार पर्न गएको आफ्नो ८३ औँ शुभ जन्मदिनको अवसरमा आश्रमको सेवा कार्यलाई थप सरल एवम् सहज बनाउन नगद नेपाली रुपैयाँ ४,००० बराबरको खाद्यान्न र सरसफाइ सामग्री सहयोग गर्नुभएको हो । उक्त सहयोग कार्यक्रममा छोरा वसन्त जोशी, बुहारी अमिता जोशी लगायत परिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

मानव सेवा परिवारले मानवीय सेवाको संयोजन गर्नुहुने आश्रमका शुभेच्छुक, शुभचिन्तक नवीन पनेरु लाई हृदयदेखि नै साधुवाद अर्पण गर्दै उपस्थित सम्पूर्ण  महानुभावहरूलाई हृदयदेखि नै आभार प्रकट गर्दै सु-स्वास्थ्य ,दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि भगवान् प्रार्थना  समेत गरेको छ ।

साथै सेवा तथा सहकार्यका लागि धनगढी ५ तारानगर यातायात कार्यालय जाने, आउने बाटोमा रहेको राष्ट्रिय निम्न माध्यमिक विध्यालय सँगै रहेको जनकारी गराउँदै मानवीय सेवामा सरिक हुन आग्रह समेत गरिएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार