ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६ को दर्ता खुला

प्रति व्यक्ति ५,००० रुपैयाँ दर्ता शुल्क

ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६ को दर्ता खुला
प्रकाशित : :

धनगढी । आगामी असोज १७ गते (अक्टोबर ३, २०२६) धनगढीस्थित सिद्धार्थ कटेजमा आयोजना हुन गइरहेको ‘ब्ल्याक स्टोन क्लासिक – नेसनल पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ का लागि खेलाडी दर्ता फारम खुला गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूका लागि यही साउन १९, २०८३ (अगस्ट ४, २०२६) मङ्गलबार देखि नै अनलाइन दर्ता खुला गरिएको हो।

नेपालभरका उत्कृष्ट पावरलिफ्टरहरूलाई एउटै मञ्चमा ल्याएर प्रतिस्पर्धा गराउने र ‘ब्ल्याक स्टोन क्लासिक च्याम्पियन’ चयन गर्ने उद्देश्यले यो राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले प्रति व्यक्ति ५,००० रुपैयाँ दर्ता शुल्क बुझाएर गुगल फारम (https://forms.gle/83yEt2zPMrS9Wgwi8) मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

आयोजकले प्रतियोगिता सम्बन्धी विशेष नियम सार्वजनिक गर्दै जुनियर र मास्टर विधाका खेलाडीहरू स्वतः ‘ओपन’ विधाको ‘ग्र्यान्ड ओभरअल अवार्ड्स’का लागि समेत प्रतिस्पर्धा गर्न योग्य हुने जनाएको छ। यसका साथै प्रतियोगितामा निष्पक्षता र आधिकारिकता कायम राख्नका लागि खेलाडीहरूको तौल लिने (Weigh-in) तथा प्रमाणीकरणको समयमा नेपाल सरकारबाट जारी गरिएको फोटो सहितको पहिचानपत्र अनिवार्य पेस गर्नुपर्नेछ।

नेपालका बलिया तथा प्रतिभावान पावरलिफ्टरहरू सँग प्रतिस्पर्धा गर्दै उपाधि जित्ने यो अवसर नगुमाउन आयोजकले खेलाडीहरूलाई आग्रह गरेको छ। प्रतियोगिता सम्बन्धी थप जानकारी वा दर्ताका लागि मोबाइल नम्बर +९७७ ९८१-३५९२३९९ र +९७७ ९८४-८४२८४७९ मा सीधा सम्पर्क गर्न सकिनेछ।

ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६ सम्बन्धी थप विस्तृत विवरणका लागि sodhpatra.com को अघिल्लाे समाचार पढ्नुहाेस् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट