सरकारसँग वार्ता गर्न तयार छौं : विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’

प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले सरकारसँग सम्बाद र वार्ताका लागि सकरात्मक रहेको जनाएको छ। महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शनिबार विज्ञप्ति जारी गरी आम जनसमुदायमा सहज गतिविधि  र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा सरकारसँग सम्बाद र वार्ता गर्न तयार रहेको जनाएका हुन्।

विप्लवले विज्ञप्तिमा भनेका छन्,‘हाम्रो क्रान्ति राष्ट्र, समाज अग्रगामी रुपान्त्रण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताको लागि सकरात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं।’

यसअघि सरकारले पटक-पटक वार्ताका लागि पहल गर्दा पनि सकारात्मक नदेखिएको विप्लव समूहले अहिले वार्ताका लागि रुचि देखाउनुलाई देशको राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ।

सत्तारुढ नेकपामा आएको विभाजन र त्यसपछि उत्पन्न देशको राजनीतिक परिस्थितिका कारण विप्लव समूह मूलधारको राजनीतिमा होमिन खोजेको विश्लेषण पनि हुन थालेको छ।

भूमिगत रुपमा आफ्नो गतिविधि गर्दै आएको विप्लव समूहका दर्जनौँ नेता तथा कार्यकर्ता विभिन्न समयमा पक्राउ परेका छन्। विप्लव समूहले उनीहरुलाई विना सर्त रिहा गर्न माग गर्दै आएको छ।

सरकारले दुई वर्षअघि २०७५ साल फागुन २८ गते विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो।

विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर थियो।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार