बैतडी समाज कैलालीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, १०७ पिन्ट रगत संकलन

बैतडी समाज कैलालीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

धनगढीः बैतडी समाज कैलालीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कोरोना भाइरसको संक्रमणपछि वार्षिक कार्यतालिकाअनुसार निर्धारित कार्यक्रम गर्न नसकेको समाजले अवस्था सामान्यउन्मुख हुन थालेपछि शनिबार धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

बैतडी समाज कैलालीका रक्तदान कार्यक्रमका संयोजक राजबहादुर चन्दले शनिबार बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा १ सय ७ जनाले रगत दान गरेको बताए। उनका अनुसार १ सय ७ जनाबाट त्यति नै पिन्ट रगत संकलन भएको छ।

कार्यक्रममा पुख्र्यौली घर बैतडी भएर कैलालीमा बस्दै आएका सहित अन्य विभिन्न जिल्लाका मानिसले समेत सहभागिता जनाएर रगत दान गरेको बताउँदै चन्दले सबैलाई धन्यवाद पनि दिएका छन्।

बैतडी समाजले वार्षिक कार्य तालिका बनाएर सामाजिक उत्तरदायित्व अन्तरगत रहेर वर्षमा २ पटक रक्तदान, आँखा शिविर र एकपटक स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार