निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्री ओलीको निर्देशन

केपी शर्मा ओली

कञ्चनपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकरी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन्।

सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका ओलीले बैतडकी भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दाबी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

उनले भने ‘भागरथीको विभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने चेष्टा गरे। तर, खोज अनुसन्धानमा सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद भन्न चाहन्छु। अब निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्नुस्। अपराधिलाई कानुनी कठघरामा उभ्याउनुस्।’

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।

उक्त घटनाको अनुसन्धान हालसम्म चलिरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार