बैतडेली चेली किरण जोशी बनिन् सुदूरकै पहिलो महिला सहायक सिडिओ

सुदूरपश्चिमकै पहिलो उपसचिव स्तरकाे महिला सहायक सीडिओ

बैतडी: बैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो उप सचिव स्तरकाे महिला सहायक सीडिओ बन्न सफलहुनु भएको छ । उहाँ सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला भएकाे दावी गरिएकाे छ । गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमा पदस्थापना गरेपछि उहाँ सोमबार डोटी जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु भएको छ ।उहाँलाई डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गर्नुभएको छ ।

गृह मन्त्रालयको माघ २८ गतेको निर्णय अनुसार डोटी जिल्लाको सहाय सीडिओमा पदस्थापना गरेपछि हाजिर भएको किरण जोशीले बताउनुभयो । यसअघि उहाँ रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारी हुनुहुन्थ्यो । २०६१ साल साउन १ गते खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्नु भएकी किरण जोशीले २०६२ मा नासु, २०६७ सालमा शाखा अधिकृत र २०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा पास हुनु भएको हो ।

किरण जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ । उहाँले लोकसेवा सम्बन्धी पुस्तक समेत लेख्नु भएको छ । हाल सम्म खरिदार, उप सचिव र सह सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब समेत लेखिसकेको उहाँले बताउनुभयो । निजामति सेवामै रहनु भएका श्रीमान सिद्धराज जोशीसँग सयुक्त रुपमा पुस्तक लेखेको उहाँले बताउनुभयो ।

आफू जन्मेकै प्रदेशमा बसेर देश र जनताको सेवागर्ने अवसर पाएको मा खुशी लागेको जोशीले बताउनुभयो । सुदूरपश्चिम बसुन्जेल जनभावना अनुसार कामगर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार