प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीमाथी दया देखाउन सकीन्छः डा. भीम रावल

प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीमाथी दया देखाउन सकीन्छः डा. भीम रावल

डा. भीम रावल

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर नैतिकताका आधारमा प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनु पर्ने बताएका छन ।

बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरि प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने बताएका हुन् ।

उनले अंसैवधानिक कदमको आत्मआलोचना गरि प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने धारणा व्यक्त गरेका छन । ‘व्यक्तिगत रुपमा केपी शर्मा ओलीले राष्ट्रका सामु आफुले गल्ती गरे, प्रनिनिधि सभा विघटन गरेर गल्ती गरेको रहेछु।

नेकपासामु माफ गर्नुस भन्दै नैतिकका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो भने केही सकारात्मक बन्न सकिन्छ’ उनले भने, ‘तर पार्टीबाट निष्काशित गरेको सन्दर्भमा मात्रै प्रधानमन्त्रीको सन्दर्भमा भन्या होइन।’ यसअघि मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार